(बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिकामा पछिल्लो ४ वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैंडाकोटमा कुल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ ।  चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्रे गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । नगरभित्र १२६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।

आफ्नै स्रोत–साधनबाट तीन पक्की पुल, तीन झोलुंगे पुल र कल्भर्ट निर्माण गरिएको उनले बताए । नगरप्रमुख पौडेलका अनुसार नगरको ९५ प्रतिशत जनसंख्यालाई सफा खानेपानी व्यवस्था गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पछिल्ला २ आर्थिक वर्षमा ३७४ जनालाई रोजगार दिइएको छ । नगरभित्र साना–ठूला गरी २७८ उद्योग सञ्चालनमा छन् । नगरभित्रका ६० वर्षमाथिका २ हजार १४१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ६४१ जनालाई अपांगता परिचयपत्र वितरण गरिनुका साथै ५०० अपांगता भएका व्यक्तिलाई ह्वीलचियर र ट्राइसाइकल वितरण गरिएको पौडेलले बताए ।

पालिका प्रेस
थप जानकारी