मकवानपुरगढी वडा नम्बर ४ मनकामनामा अवस्थित मनकामना मन्दिरलाई डस्विन हस्तान्तरण गरिएको छ ।
मोबाईल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा मन्दिर परिसर सरसफाई तथा फोहोर व्यवस्थापनको लागि डस्विन हस्तान्तरण गरिएको अध्यक्ष हरिप्रसाद न्यौपानेले बताए । १६ जेठमा विहान न्यौपानेको अध्यक्षता तथा नेपाल मोवाईल व्यवसायी महासंघ केन्द्रीय समितिका महासचिव छतेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वडा ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, महासंघका केन्द्रीय सदस्य नवराज चौलागाई, मिलन स्याङ्तान, प्रेस सल्लाहकार महेश गौतम, महासंघ बागमती प्रदेश अध्यक्ष एसीस रिजाल, म्यान मकवानपुरका पूर्व अध्यक्ष दिनेश लामा, विज्ञ सल्लाहकार विवेक आनन्द न्यौपानेल, छत्र बहादुर मगरगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष कुमारमणि त्रिपाठी, उपाध्यक्ष अनिल दास बानियाँ, कोषाध्यक्ष प्रवेश चापागाई, सचिव सुमन रायमाझी, सदस्यहरु, एदिस रिजाल, सुनिल सुवेदी, सन्तोष दाहाल, जर्नादन न्यौपाने लगायतहरुको सहभागिता रहेको थियो ।
















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्