मकवानपुर जिल्ला भलिबल संघले बागमती प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि खेलाडी छनोट गरेको छ । संघले गत १० जेठमा छनोट गरेको खेलाडीहरुको विवरण मकवानपुर जिल्ला खेलकुद विकास समितिलाई पठाएको छ ।
विद्यालयस्तरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मार्फत छनोट भई पालिका, जिल्ला हुँदै प्रदेशमा खेल्नका लागि खेलाडीहरु छनोट गरिएको भलिबल संघका बसन्त कुमार सिटौलाले बताए । छात्रतर्फ १२ र छात्रातर्फ ११ जनाका दरले मकवानपुरमा खेलाडी छनौट गरिएको सिटौलाले जानकारी दिए । छात्रतर्फ छनोट भएका १२ मध्ये ७ जना खेलाडी थाहा नगरपालिकाका र बाँकी हेटौंडा उपमहानगरको रहेका छन् ।
छनोट भएका थाहा नगरपालिकाका खेलाडी (छात्र) हरुमा पुजन गुरुङ, विशेष थापा मगर, अभिषेक महर्जन, सुजल कार्की, प्रवेश कार्की सुजल कपाली र पुकार गुरुङ रहेका छन् । हेटौंडाबाट विवेक पराजुली, विवेक माझी, निश्चल रानामगर, निश्चल काउचा र क्रिस लामा रहेका छन् ।
त्यस्तै महिला (छात्रा) तर्फ भीमफेदीबाट जिया स्याङ्तान, नमुना थिङ, तेजस्वी श्रेष्ठ, अनुपा लामा र सलिना नगरकोटी छन् । हेटौंडा उपमहानगरबाट आयुष्मा उप्रेती, अप्सना उप्रेती, प्रशन्सा भोम्जन, प्रतिक्षा माझी र नुमा लिम्बु छिन् भने इन्द्रसरोवर गाउँपालिकाबाट प्रतिमा लामा टिमका लागि छनोट भएकी छिन् ।


















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्