मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको प्रशिद्ध त्रिवेणी शंखमूलमा गीता पाठ गरिएको छ ।

स्थानीय पण्डितहरुद्वारा १० भाद्रमा रसुवामा आएको भोटेकोशी बाढीका कारण दिवंगत भएका तथा दिवंगत भई वेपत्तँ भएका आत्माको शान्तिको कामना गर्दै थाहा गीता पाठ गरेका हुन् । सो अवसरमा दिवंगत भएका हरुलाई श्रद्धाञ्जली अर्पण समेत गरिएको छ ।

सहभागीहरुले प्रकृतिको विपत्तिमा ज्यान गुमाएकाहरुप्रपित श्रद्धाञ्जली व्यक्त गर्दै, बेपत्ता भएकाहरूको शीघ्र खोज तथा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना समेत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी