मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ पालुङ स्थित सरस्वती आधारभूत विद्यालयका सबै विद्यार्थीले शैक्षिक सामग्री र पोशाक पाएका छन् । काठमाडौं अरुम लेडिज सर्कल–११ र काठमाडौं अरुम लेडिज सर्कल–९ को सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक तथा विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको हो ।
थाहा नगरपालिका वडा नम्बर २ अंगारेका युवा समाजसेवी तथा सो विद्यालयका पूर्वविद्यार्थी दीपक कार्कीको संयोजनमा विद्यार्थीहरुलाई सहयोग वितरण गरिएको हो । कार्यक्रममा सर्कलकी अध्यक्ष सालिनी शर्मा, कोषाध्यक्ष सुश्री अग्रवाल, सर्कल–९ का अध्यक्ष नितु अग्रवाल, युवा समाजसेवी दीपक कार्की, राजेन्द्र कार्की, सर्कलका नेहा कोडिया, कुशल शर्मालगायतको उपस्थिति थियो।

यसअघि पनि सरस्वती आधारभूत विद्यालयलाई काठमाडौं अरुम लेडिज सर्कलले कम्प्युटर प्रदान गरेको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले निरन्तर सहयोग गर्दै आएको सर्कलले जनाएको छ । कार्यक्रममा आगामी दिनमा पनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका काशीराम कार्की, कुशल शर्मा, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा सहयोगीहरुलाई विद्यालयले स्वागत तथा सम्मान व्यक्त गरेको थियो । सहयोगप्रति विद्यालय र समन्वय गरिदिने सबैलाई विद्यालयले धन्यवाद दिएको छ ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्