सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय भएको हो । पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफारिस गरिएका १८ जनालाई नियुक्ति दिने निर्णय पनि भएको छ भने निवृत्तिभरण र अन्य सुविधा ४१ जनालाई दिने निर्णय समेत भएको छ ।

यसै गरी अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि भएको छ ।

पालिका प्रेस
थप जानकारी