आठ मार्च अर्थात ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा थाहानगरमा आयोजित अन्तर सहकारी सन्देशमुलक सामूहिक गायन प्रतियोगितामा महिला जागृती उत्थान बचत तथा ऋण सहकारी संस्था लि. प्रथम भएको छ ।

थाहा नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विजेता भएसंगै महिला जागृतिले नगद २० हजार पुरस्कार तथा प्रमाणपत्र पाएको छ । प्रतियोगितामा थाहा–७ डाँडाबासमा रहेको कुटेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. द्वितीय भएको छ । कुटेश्वरीले नगद १० हजार नगद तथा प्रमाणपत्र पाएको छ भने थाहा–११ को टिष्टुङमा रहेको महिला शक्ती बचत तथा ऋण सहकारी संस्था लि. तृतीय भएको छ । महिलाशक्तीले नगद ५ हजार र प्रमाणपत्र हातपारेको छ ।

विजयी सहभागी तथा समूहलाई निर्णायकहरु संगीतकार तथा गायक ईश्वर खड्का तथा गायिका सोबिता गोपाली र कार्यक्रमका सभाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक किरणमान बलले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा थाहानगर भित्र रहेका ७ वटा महिला सहकारीहरुले सहभागिता जनाएका थिए । उनीहरुले महिला हक अधिकार तथा राज्यको अङ्गहरुमा समान पहुँचको मागसहित सचेतनामुलक गित गाएका थिए ।

प्रतियोगितामा नगर भित्रका पुण्यश्री महिला बचत तथा ऋण सहकारी संस्था लि, लाली गुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था लि., चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लि., कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि., चन्द्रागिरी महिला बचत तथा ऋण सहकारी संस्था लि., महिला शक्ति बचत तथा ऋण सहकारी संस्था लि. र महिला जागृती उत्थान सहकारी संस्था लि. को सहभागिता रहेको थियो ।

‘सामाजिक न्याय र लैङ्गििक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराकासाथ थाहा नगरपालिका सामाजिक विकास शाखा र महिला बालबालिका, ज्येष्ठ नागरिक तथा परिचयपत्र वितरण शाखाको आयोजनामा कार्यक्रम भएको हो । पालुङ जेसीज सभाहलमा भएको कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश २ (क) का उपसभापति इश्वरी ठकुरी, नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी नगर अध्यक्ष शकुन्तला गोपाली, नेकपा एमालेका थाहानगर नेतृ कल्पना बलामी, लाली गुराँस महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष रिता प्रधान, थाहा नगरपालिका कार्यपालिका महिला सदस्य जानुका ढकाल तथा थाहा नगरमा निर्वाचित महिला जनप्रतिनिधि, महिला समूहहरुका अध्यक्षहरुको आतिथ्य रहेको थियो।

कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथि लबशेर बिष्टले जनयुद्ध र जन आन्दोलनको जगमा संविधानमा नै महिला हक अधिकार सुनिश्चित गरिसकेकोले अब महिलाहरुले देश र समाजको नेतृत्व तहमा आफ्नो पहुँच पु¥याउन महिला अग्रसर हुनुपर्नेमा जोड दिदै न्यायमा महिलाहरुको समान पहुँच पु¥याउन आफ्नो तफृबाट सक्दो प्रयास हुने बताए । कार्यक्रममा शुभकामना दिनेहरुले नगरपालिकाको उपल्लो तहमा महिलाको पहुँच नपुगेकोले थाहानगरमा आगामी स्थानीय निर्वाचनमा उपमेयरका उमेदवार जुनसुकै पार्टीले पनि महिलालाइ टिकट दिन आग्रह गरेका थिए ।

थाहा नगरपालिका सामाजिक विकास समिति संयोजक किरणमान बलको सभाध्यक्ष्तामा भएको कार्यक्रम महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपा्ता परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तानले संचालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनीधि र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी