हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका विपन्न परिवारका महिलाहरुलाई उद्यमी बनाउनका लागि अभियान सुरु गरिएको छ । उनीहरुका लागि कृषि क्षेत्रमा बिभीन्न खालका अनुदानका कार्यक्रम गर्दै आएको र निरन्तर रुपमा बिभीन्न उद्यम तालिम दिएर आत्मनिर्भर बनाउन तर्फ लागिएको मेयर हरि बहादुर महत बताउँछन् ।

उपमहानगरपालिकामा पछी थपीएका वडाहरुमा महिलाहरुलाई उद्यमी बनाउनका लागि बिभीन्न प्रकारका कार्यक्रम आर्थिक विकास महासाखा मार्फत गरिदै आएको उहाँले बताउनुभयो । उपमहानगरपालिकाको मेड्पा कार्यक्रम अन्तरगत ९० जना विपन्न महिलाहरुलाई उद्यमी बनाइदै छ । यस मध्यमा यो तालिम लिएका ११ जनालाई पहिलो चरणमा उद्यमी बनाउन लागिएको हो ।

महिलाहरुलाई आत्म निर्भर बनाउने मध्यको एक तालिम हो डल र कुसन बनाउने तालिम । नगरका बिपन्न महिलाहरुलाई तीन वर्ष सम्म लगातार रुपमा डल र कुसन बनाउने तालिम दिएर महिलाहरुलाई उद्यमी बनाएर आत्म निर्भर बनाउन लागिएको छ । गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तरगत छनौट भएका समुह सदस्यहरुका लागि १५ दिने डल र कुसन बनाउने तालिम दिइएको हो ।

११ जना महिलाका लागि १५ दिन सम्मको बेसीक तालिम दिइएको उपमहानगरपालिका आर्थिक विकास महासाखाका प्रमुख गंगा कुमारी चौलागाईले बताइन् । चौलागाईको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको छ । तालिम लिएका महिलाहरुले आफुले डल र कुसन तयार पारेर बिक्री गर्न सक्ने छन् ।

अहिले तालिम लिएका ११ जना महिलाहरुका लागि एडभान्स तालिम दिइने चौलागाईले बताइन् । तालिम मात्र दिने भन्दा पनि उनीहरुलाई उद्यमीनै बनाएर स्वरोजगार बनाउनका लागि यो तालिम दिइएको हो ।

पालिका प्रेस
थप जानकारी