दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको स्याहारसुसार गरेका घरपरिवारका छोराबुहारी तथा छोरीज्वाइँलाई प्रोत्साहनस्वरुप सम्मान गरेको छ । राप्ती पालिकाको नियमित कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकको पालनपोषण गरेका परिवारका सदस्यलाई दोसल्लासहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

राप्ती गाउँपालिकाका ९ वटै वडाबाट ३६ जोडीलाई पालिकाले सम्मान गरेको हो । प्रत्येक वडाबाट ४ जोडीका दरले श्रीमान्–श्रीमतीलाई सम्मान गरिएको छ । कार्यक्रमलाई राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, अध्यक्ष नुमानन्द सुवेदी, पालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले समन्वय गरेका थिए ।

आगामी दिनमा ज्येष्ठ नागरिकको राम्रो स्याहारसुसार तथा पालनपोषणमा सहयोग गर्ने र घरपरिवारमा तिरस्कार, दुःख नपाउन्का भन्नका लागि छोराबुहारी तथा छोरीज्वाइँलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको पालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी