मकवानपुरको बागमती गाउँपालिकामा आँखा अस्पतालको सेवा शुभारम्भ भएको छ । गाउँपालिकाको झुरझुरेमा कार्यालय स्थापना गरी सेवा सुरु गरिएको हो ।
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको पहलमा गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा सामुदायिक आँखा केन्द्रको उद्घाटन गरिएको हो । अध्यक्ष घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा सामुदायिक आँखा केन्द्र उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले आँखाका बिरामीहरुलाई हेटौंडासम्म जानुपर्ने बाध्यता हटाउन र घर आँगनमा नै सहज उपचार गर्न आँखा केन्द्र संचालनमा ल्याइएको बताए । उनले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने बताए । नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले बागमती गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना हुनपूर्वदेखि नै आँखा सेवा पुर्याउँदै आएकोमा अहिले व्यवस्थित रुपमा गर्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रमा नेपाल आँखा कार्यक्रम कार्यकारणी सदस्य सिद्विलाल श्रेष्ठ, बागमति गाउँपालिका उपाअध्यक्ष धनमाँया स्याङतान, बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार श्रेष्ठ, नेत्र रोग विशेषज्ञ डा। होम बहादुर गुरुङ , बागमती गाउँपालिका लेखा अधिकृत झम्क नारायण घलान, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बललगायतको आतिथ्यता रहेको थियो ।

























































प्रतिक्रिया दिनुहोस्