स्थानीय तह सदस्य निर्वाचनमा मकवानपुर थाहा नगरपालिकामा १७ जना ज्येष्ठ नागरिक उमेद्वार रहेका छन् । यो संख्या कुल उमेद्वारको ७ प्रतिशत हो । स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय विकास घर शिखरकोटले प्रकाशन गरेको उमेद्वारको अन्तिम नामावलीमा ४ महिला सहित १७ ज्येष्ठ नागरिक चुनावी मैदानमा छन् । अन्तिम नामावलीमा २४० जना उमेद्वारको नामावली प्रकाशित छ ।
ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले परिभाषित गरे अनुसारका साठी वर्ष पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । उनीहरुलाई स्थानीय तहले ज्येष्ठ नागरिक परिचय पत्र उपलब्ध गराउने गरेको छ ।
थाहानगरका ज्येष्ठ नागरिक उमेद्वार हुनेमा सबैभन्दा बढि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६ जना रहेका छन् भने नेकपा एमालेबाट ५ जना, नेकपा माओवादी केन्द्रबाट ३ र नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाबाट १/१ जना उमेद्वार छन् ।
हेर्नुहोस् नामावलीः



















































दिनेश दर्पण 








प्रतिक्रिया दिनुहोस्