लुम्बिनी प्रदेश लोकसेवा आयोगले स्थानीय तहहरुले आयोगको परामर्श बिना गरिएको कर्मचारी नियुक्ति, बढुवा तहवृद्धि खारेज गर्न स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।
लुम्बिनी प्रदेशका सबै स्थानीय तहहरुलाई ११ वैशाखमा परिपत्र गर्दै पालिकाहरुको निर्णय अनियमित तवरले गरेको ठहरसहित बदर गर्ने भनिएको छ ।

पालिकाहरुले आफूखुशी गरेको बढुवा, स्तरवृद्धि संविधानको धारा २२७, स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८६, कर्मचारी समायोजन ऐन, २०७५ लगायतका कानुन विपरित भएकोले बदर गर्ने आयोगको निर्णय छ ।

हेर्नुहोस् परिपत्रः

पालिका प्रेस
थप जानकारी