हेरमान गाेपाली

मकवानपुर थाहा नगरपालिकाको अध्यक्षमा हेरमान गोपाली निर्वाचित भएका छन् । गोपाली नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन् ।

गोपालीले ८ सय ६३ मत ल्याएर गोपाली विजयी भएका हुन् । उनीसहित वडा सदस्यहरुमा सरोज प्रधान, सुवर्ण गोपाली महिला सदस्यमा अनिता बल र दलित महिला सदस्य पार्वती सुनार पनि माओवादी केन्द्रकै विजयी भएका छन् ।

चारजना सदस्य पनि माओवादीकै विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ७५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरेका छन् ।

अध्यक्ष गोपाली यसअघि २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा पनि निर्वाचित अध्यक्ष हुन् । सदस्यहरु भने नयाँ अनुहार हुन् । वडा नम्बर १ को दुइ मतदान स्थलमा गरी २ हजार १ सय ७ मत खसेको थियो खसेको मतको ४०.९५८ प्रतिशत मत गोपालीको पक्षमा सदर भएको थियो ।

पालिका प्रेस
थप जानकारी