“सबैको ध्यान, जेष्ठनागरिकको सम्मान” भन्ने मूल नाराकासाथ इन्द्रसरोवर गाउँपालिकाले विभिन्न लक्षित समुदायमा ६ सय ६ जनालाई सम्मानसहित सहयोग गरेको छ । पालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त वृद्धवृद्धा,६० वर्ष माथिका एकलमहिला र दलित तथा ‘क’वर्गका अपाङ्गहरुको लागि नि:शुल्क स्वाथ्य परीक्षण एवम् औंषधीको साथै न्यानो कपडा वितरणसँगै खाजा कार्यक्रम सम्पन्न गरेको हो ।
१ पुसबाट गाउँपालिकाको वडा नं.१ मार्खुबाट शुभारम्भ भइ क्रमश २, ३, ४ र ५ नंम्बर वडामा सञ्चालन भएकाे कार्यक्रम ५ पुसमा सम्पन्न भएकाे हाे । इन्द्रसरोवरको वडा नं.१ मा १४०, वडा नं.२ मा १२४, वडा नं.३ मा १४७, वडा नं.४ मा ७७ र वडा नं.५ मा ११८ जनाले कार्यक्रममा सहभागीता जनाएका थिए । सबै सम्मानित जेष्ठनागरिकहरुप्रति गाउँपालिका अध्यक्ष जीवन लामाले हार्दिक सम्मानसहित सुस्वास्थ्य तथा दिर्घायूको शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष लामाले कार्यक्रम सफल बनाउन प्रत्यक्ष एवम् अप्रत्यक्षरूपमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि कर्मचारी तथा अन्य सहयोगीहरुमा हार्दिक धन्यवाद दिएका छन् ।