मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ४ को मतगणना सम्पन्न भएको छ । सम्पन्न मत गणना अनुसार एमाले प्यानलले विजय हासिल गरेका छन् । वडा अध्यक्षमा नेकपा एमालेका चन्द्रकुमार बलले ८०५ मत ल्याई ठूलो मत अन्तरले विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठवन्धनका उम्मेदवार विष्णुबहादुर बहादुर डिम्दुङले २०५ मत ल्याएका छन् ।
यो जीत सँगै नेकपा एमालेले आफ्नो ४ नम्बर वडाको अपराजित विरासत जोगाउन सफल भएको छ । अध्यक्ष निर्वाचित बल यस अघिको स्थानीय तह निर्वाचनबाट सो वडाको खुल्ला विजेता वडा सदस्य समेत हुन् ।
यस्तै हाल सम्मको मत परिणाम अनुसार पालिका अध्यक्ष तथा उपाध्यक्षमा एमालेको अग्रता कायम नै छ । एमालेका देवकृष्ण पुडासैनी ७२३ मत अन्तर सहित अग्रपङ्क्तिमा रहँदा उनले ३४२५ मत प्राप्त गरेका छन् । भने दोस्रो स्थानमा रहेका कांग्रेसका विश्वलाल लामाले २७०२ मत ल्याएका छन् । पालिका उपाध्यक्षमा एमालेका उमाकुमारी लामा ५९० मतअन्तर ले अगाडी रहँदा लामाले ३३७८ मत पाएका छन् । उनका निकट प्रतिस्पर्धी २७८८ मत सहित कांग्रेसका निर्मला लामा दोस्रो स्थानमा रहेका छन् ।
५ वटा वडा रहेको यो पालिकाको अब अन्तिम वडा वडा नम्बर ५ को मात्र मतगणना बाँकी रहेको छ ।
- पुस्कल गोले सागर

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्