मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा नेपाली काँग्रेसका शिवराज थिङ विजयी भएका छन् ।
थिङले नेकपा माओवादी केन्द्रका उमेद्वार विनायक गोलेलाई १२ मतान्तरले पराजित गरेका हुन् । थिङले ९ सय १६ र गोलेले ९ सय ४ मत पाएका थिए । त्यस्तै नेकपा एमालेका उमेद्वार शम्भु बहादुर खत्रीले ४ सय ३, जनता समाजवादी पार्टीका इन्द्र कुमार ठकुरीले १५, राप्रपाका विश्वनाथ गर्तौलाले ९ र मंगोल नेशनल अर्गनाइजेशनका दिपक स्याङतानले ५ मत पाएका थिए ।
मतगणनापछिको नतिजामा काँग्रेस र माओवादीबीच विवाद भएपछि ७ नम्बर वडाको अध्यक्ष पदको मतगणना दोहो¥याइएको थियो ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्