स्वास्थ्य सेवातर्फको चौथोदेखि छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धि सम्बन्धित प्रदेशबाट नै गर्ने गरी स्वास्थ्य सेवा विभागले मन्त्रालयलाई प्रस्ताव गरेको छ । यसअघिका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाले विभागले नै गर्दै आएको स्तरवृद्धिलाई प्रदेशमा पठाउने गरी स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाएका थिए । तर, लामो समयसम्म पनि उक्त प्रस्तावमाथि निर्णय नहुँदा स्वास्थ्यका झण्डै ४ हजार कर्मचारीको वृद्धि विकास रोकिएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंह कर्मचारीलाई सहज होस् भने र स्तरवृद्धि सम्बन्धित प्रदेशबाटै हुने गरी प्रस्ताव पठाइएको बताउँछन् । ‘विभागले कर्मचारीलाई काठमाडौंसम्म स्तरवृद्धिकै लागि धाउन नपरोस् भनेर प्रदेशलाई नै जिम्मा दिने प्रस्ताव मन्त्रालयमा पठाएका छौं,’ उनले भने, ‘निर्णय भने भइसकेको छैन । मन्त्रालयले अहिले आएका विभागबाटै गर्न भनेको छ ।
आगामी दिनका लागि भने मन्त्रालयले केही निर्णय गर्ला ।’ मन्त्रालय स्रोतकाअनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्यका कर्मचारीहरुको स्तरवृद्धिका लागि प्रदेशलाई जिम्मा दिने विषयमा सामान्य प्रशासन मन्त्रालयलाई सोधेर निर्णय गर्ने तयारी गरेको छ । तर, अहिलेसम्म सो प्रक्रिया भने मन्त्रालयले अगाडि बढाएको छैन ।

























































प्रतिक्रिया दिनुहोस्