मकवानपुर थाहा नगरपालिकामा ९१.६६ प्रतिशत जनजाति पालिकाको निर्वाचित नेतृत्वमा पुगेका छन् । २०७४ सालको निर्वाचनमा ७५ प्रतिशत वडामा जनजाती नेतृत्व रहेकोमा ०७९ मा उक्त सहभागीतालाई थाहानगरले बढाएको छ । वि.सं. २०६८ को जनगणना अनुसार करिब ७० प्रतिशत भन्दा बढि जनजातीहरुको बसोबास रहेको थाहानगरमा उनीहरुको नेतृत्वमा वडा कार्यालयहरु संचालन हुने भएका छन् ।
नगरको १२ मध्ये ११ वटा वडामा जनजाती अध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर ३ बाट मात्र हिरेन्द्र रायमाझी अन्य समुदायबाट निर्वाचित भएका हुन् ।
यसरी निर्वाचित हुनेमा सबैभन्दा बढि तामाङ समुदायका रहेका छन् । तामाङ समुदायबाट ६ जना रहेका छन् । नेवार समुदायबाट ४ र गुरुङ समुदायबाट १ जना निर्वाचित छन् । थाहा नगरपालिका वडा नम्बर १ मा हेरमान गोपाली, २ मा बम बहादुर सिन्तान, ३ मा हिरेन्द्र कुमार रायमाझी, ४ मा नारायण लामा, ५ मा विष्णु बहादुर गुरुङ, ६ मा राजन भक्त श्रेष्ठ, ७ मा शिवराज थिङ, ८ मा हेम कुमार थिङ, ९ मा राजकुमार बलामी, १० मा हिरा बहादुर गमाल, ११ मा दिनेश बल र १२ मा टिकाराम स्याङ्तान २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी नगर उपप्रमुख भरत गोपाली पनि जनजाती समुदायबाटै निर्वाचित छन् । थाहानगर प्रमुखमा विष्णु बहादुर विष्ट ‘आदर्श’ निर्वाचित भएका हुन् ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्