मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले विकासको साँचो पाएका छन् । थाहानगरका युवाहरुको एक टोलीले विकास अभियान संचालन गर्न दबाब स्वरुप ध्यानाकर्षण गराउँदै प्रमुख विष्णु विष्ट तथा उपप्रमुख भरत गोपालीलाई कार्यकक्षमै पुगेर २० जेठमा साँचो बुझाएका हुन् ।

साँचोका साथै नगर प्रमुख विष्णु विष्ट ‘आदर्श’लाई ध्यानकर्षण पत्र समेत बुझाएका छन् । ध्यानाकर्षण पत्रमा थाहा नगरपालिकाको समग्र विकासका लागि प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौबाट समानान्तर दुरीमा रहेको पालिका भएपनि बत्तिमुनिको अँध्यारो भएको भएको भनिएको छ ।

थाहानगरको मुल नारा कृषि, पर्यटन र पुर्वाधार भएपनि नगरको विकासको आधार नारामा मात्र सिमित भै कृषिमा मलको अभाव, पर्यटनमा पहाडको रानी भनेर चिनिने दामन अस्तव्यस्त, कृषि उत्पादनको बजार अभाव, बीउ, मल सिंचाइको प्रयाप्त मात्रामा व्यवस्था नहुनु दुखद् भएको ध्यानाकर्ष पत्र मार्फत भनिएको छ । थाहा समृद्धिको नारा चुनावी नारामा मात्र सीमत नगर्न युवाहरुले खबरदारी गरेका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छ,–‘आगामी ५ वर्षमा थाहाका जनताले महसुश हुने गरी दीर्घकालीन फाइदा तथा रोजगारीको अवसर सृजना गरी औद्योगिकरण गर्दै खनियका सडक व्यवस्थित गरियोस् ।’ कागजमा मात्र उत्कृष्ट नगरपालिका नबनाई व्यवहारमा पनि उत्कृष्ट बनाउन आग्रह गर्दै नगरबासी, प्रदेश, संघ तथा अन्तर्राष्ट्रिय स्तरमा हातेमालो गर्दै, पुरानाको अनुभव, नयाँ युवाहरुसंग सहकार्य र हातेमालो गर्दै दीर्घकालीन योजना र छनौट गर्न समेत ध्यानाकर्षण पत्र मार्फत भनिएको छ । आफूलाई विकासप्रेमी युवाका रुपमा प्रस्तुत गर्दै स्थानीय विक्रम केसी, उद्धव विडारी, अनिल लामा, युगल ढकाल लगायतले संयुक्त रुपमा ध्यानाकर्षण बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र र साँकेतिक विकासको साँचो बुझ्दै नगर प्रमुख विष्णु विष्ट ‘आदर्श’ले युवाहरुको यस किसिमको खवरदारीले आफुमा काम गर्न उर्जा मिल्ने प्रतिक्रिया दिए । अघिल्लो कार्यकाल जनप्रतिनीधिहरुको सिकेर वितेको बताउँदै अब यस कार्यकालमा काम गरेर देखाउने बताउ । साँकेतिक विकासको साँचोले नगरको विकासे ढोका खोल्न ऊर्जा मिल्ने विष्टको प्रतिक्रिया थियो । विकासका लागि युवाहरुको साथ र सहयोग आवश्यक भएको ओल्याउँदै ध्यानाकर्षण गराइएका विषयमा आफू काम गर्न प्रतिवद्ध रहेको नगर प्रमुख विष्टले बताए । माग र ध्याकर्षणका विषयलाई कार्यपालिका बैठकमा पेश गरिने समेत विष्टले बताए । कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली समेत सहभागी थिए ।

पालिका प्रेस
थप जानकारी