मकवानपुर थाहा नगरपालिका अन्तर्गतका बाल विकास सहजकर्ताहरुले तलब वृद्धिको माग गर्दै नगर प्रमुख विष्णु विष्ट समक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।

बाल विकास सहजकर्ता युनियनले २७ जेठमा पालिकामा उपस्थि भै सरकारले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बजेट मार्फत सरकारी कर्मचारी तथा विद्यालय शिक्षकहरुको तलब १५ प्रतिशतले वृद्धि गरेता पनि बाल विकास सहजकर्ता न्यूनतम सुविधामा काम गर्न बाध्य भएको सुनाए ।

उनीहरुले सामुदायिक विद्यालय वाल बिकास केन्द्र सहयोगी कार्यकर्ता तथा विद्यालय कर्मचारीहरुको कुनै सेवा सुबिधामा सम्बोधन नभएकोले थाहा नगरपालिकामा कार्यरत बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीहरुलाई प्रोत्साहन गर्न अन्य शिक्षक सहितको सेवा सुबिधाको माग गरेका छन् ।

पालिका प्रेस
थप जानकारी