थाहा अभियानका प्रणेता रुपचन्द्र विष्ट ‘रुदाने’को स्मृतिमा यसवर्ष मकवानपुर र काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईंने भएको छ । रुपचन्द्र विष्ट स्मारक समिति नेपालको हेटौंडामा ३० जेठमा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकले रुपचन्द्रको स्मृति दिवस असार ७ गते मकवानपुरको हेटौंडा, विष्टको जन्मथलो थाहानगर र काठमाडौंमा मनाउँने निर्णय गरिएको हो ।
यसअघि रुपचन्द्रको स्मृति दिवसमा थाहानगरमा निरन्तर र कहिलेकाही काठमाडौंमा मनाईदै आएको थियो । हेटौंडामा रहेको रुपचन्द्र विष्ट स्मारक समितिको आफ्नै भवनमा बसेको बैठकले बहस, अन्र्तक्रिया तथा सामाजिक काम गरेर असार ७ गते उनको सम्झना मनाउने निर्णय गरेको हो । समितिको भवन हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा रहेको छ ।
थाहा नगरपालिकाको पालुङमा रुपचन्द्र विष्टको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ । विष्टले नेपाली समाज र राजनीतिमा छुट्टै पहिचान बनाएका छन् । उनले सर्वसाधारणमा थाहा आन्दोलनमार्फत् चेतनाको विगुल फुकेका थिए । जसले जनप्रतिनिधि र सर्वसाधारण देश र समाजप्रति ईमान्दार हुनुपर्ने शिक्षा दिन्छ । समितिका केन्द्रीय अध्यक्ष रामनारायण विडारीको सभाध्यक्षताम भएको बैठकले अन्य निर्णय पनि गरेको छ । बैठकले समितिको केन्द्रीय कमिटीको सल्लाहारमा मकवानपुरका हरिबहादुर महतलाई मनोनयन गरेको छ । उनी हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । यस्तै केन्द्रीय समितिको सदस्यमा एकराज उप्रेतीलाई मनोनयन गरिएको छ । उनी मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
यस्तै बैठकले हेटौडा र आसपासका पालिकालाई समेट्दै रुपचन्द्र विष्ट स्मारक समिति गठन गरेको छ । जसमा शुक्रराज राजथला, विजय गौतम, कमला पौडेल, सुवास बर्तौला, टिकाप्रसाद दुलाल, बलारम विक, बच्चु उप्रेती, श्यामकृष्ण बर्तौला, यज्ञप्रसाद तिमल्सिना, ललिता श्रेष्ठ, गोपाल सुवेदी रहेका छन् । यस कमिटीको सल्लाहाकारमा प्रकाश पौडेल, रञ्जना श्रेष्ठ, दीलबहादुर अधिकारी चयन भएका छन् ।
समितिका केन्द्रीय अध्यक्ष तथा थाहा आन्दोलनका सारथी रामनारायण विडारीले रुपचन्द्र विष्टले वर्षै अघि भनेकुरा अहिले पनि सान्र्दभिक रहेको बताए । रुरुपचन्द्रले देखाएको बाटोमा हिँड्न नसक्दा देश अहिलेको अवस्थामा पुगेको उनको भनाई छ । अब रुपचन्द्रका भनाई, गराई र भोगाईलाई विश्वसामु पुर्याउने काम समितिले थालेको जानकारी दिए ।
विश्वले रुपचन्द्रको थाहा आन्दोलन, सिद्धान्त, नीति र विचार कस्ता थिए भन्ने कुरा अब अध्ययन गर्न पाउने अध्यक्ष विडारीले बताए । जसका लागि समितिले वेवसाईट निर्माण गरेको र असार ७ गते काठमाडौं आयोजना हुने कार्यक्रमबाट त्यसको सुरुवात हुने जानकारी दिए । समितिले यसअघि रुपचन्द्र विष्टका बारेमा पुस्तक समेत प्रकाशन गरिसकेको छ ।
बैठकमा अध्यक्ष रामनारायण विडारी, एकराज उप्रेती, हरिबहादुर महत, लवशेर विष्ट, विजय गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रुपचन्द्र विष्टको निधन २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भएको थियो ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्