निर्माणाधिन शीतभण्डार । फोटोः गणेश विष्ट/पालिका प्रेस

मकवानपुर थाहा नगरपालिकाको थाहा शीतभण्डारका लागि ३ करोड रुपियाँ बजेट विनियोजन भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि १ असारमा गरेको बजेट भाषण मार्फत शीतभण्डारका लागि ३ करोड रुपियाँ बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलेलले जानकारी गराए ।

बजेट भाषणमा भनिएको छ–‘थाहा नगरपालिकासंगको लागत साँझेदारीमा साँझेदारीमा निर्माण भएको शीतभण्डारका लागि आवश्यक यन्त्र उपकरण गरिद गर्न रु.३ करोड बजेट व्यवस्था गरेको छु ।’

भौतिक पूर्वाधार निर्माणको अन्तिम चरणमा पुगेको थाहा शीतभण्डारका लागि यन्त्र उपकरण खरिदका लागि बजेट प्रदेश सरकारले विनियोजन गरेको हो । बजेट व्यवस्था गरेकोमा थाहा नगरपालिकाका निवर्तमान नगर प्रमुख लवशेर विष्टले प्रदेश सरकारलाई धन्यवाद दिए । बजेट व्यवस्था भएसंगै थाहानगरमा आगामि आर्थिक वर्षबाट शीतभण्डार संचालन हुने थाहानगर प्रमुख विष्णु विष्टले विश्वास व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी