युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश, राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको समन्वयको व्यवस्थापन तथा थाहा नगरपालिकाको आयोजनामा चारदिने नमुना युवा सांसद कार्यक्रम तथा नमुना युवा नगरसभाको अभ्यास सम्बन्धि तालिम ५ जेठबाट पालुङ जेसिजहलमा सुरु भएको छ ।

तालिममा युवाहरुलाई संसदिय अभ्यास सम्बन्धी सीप सिकाइने नगरपालिकाले जनाएको छ । यस अवसरमा पालिकाहरुको सभा संचालनको अभ्यास समेत गराइनेछ । पछिल्लो समय जनप्रतिनीधिहरु निर्वाचित हुने तर कानूनी रुपले नै अपनाउनुपर्ने संसदिय अभ्यास गर्ने नगरिएकोले पनि उक्त अभ्यास प्रदर्शनीका लागि पनि आवश्यक रहेको तालिमका प्रशिक्षकहरुले बताए ।

तालिम उद्घाटन गर्दै प्रमुख अतिथी तथा थाहानगर प्रमुख विष्णु बिष्टले नमुना मात्र होइन भविष्यमा थाहानगरकै मेयर हुने प्रशिक्षण लिन शुभकामना दिए । थाहामा धेरै युवाहरुको समस्या दुर्ब्यसनी विकराल रुपमा रहेको औल्याउँदै दुव्र्यसनी बढेसंगैै थाहानगरलाइ चुनौती पनि थपियकोले युवाहरुलाई रुपान्तरण गर्ने कार्यक्रम आवश्यक भएको बताए ।

कार्यक्रममा थाहानगर उपप्रमुख भरत गोपालीले चारदिने तालिमले नगरका युवाहरुमा रुपान्तरण हुन सहज तुल्याउने आश ब्यक्त गरे । थाहा नगर सामाजिक बिकास संयोजक दिनेश बलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तान, ६ का राजेन्द्र भक्त श्रेष्ठ, ९ का राजकुमार बलामी, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहाल, पालुङ जेसिजका पुर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, पत्रकार शम्भु अधिकारी लगायतका उपस्थिति रहेको थियो।

राष्ट्रिय युवा परिषदका प्रशिक्षक अशोक खनाल तथा सहायक प्रशिक्षक मुना तिवारीले प्रशिक्षण दिनुहुने तालिममा थाहानगरका वडा युवा क्लबका युवाहरुको सहभागीता रहेको छ ।

पालिका प्रेस
थप जानकारी