हेटौंडा उपमहानगरपालिकाले विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेशन निर्माणको लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले पुर्वपश्चिम राजमार्ग स्थित हेटौंडा– १५, रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जग्गा दिने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले चार्जिङ स्टेशन निर्माणको लागि करिब ५ कठ्ठा जमिन दिने निर्णय गरेको वडा अध्यक्ष सुनिल मोक्तानले बताए । नेपाल सरकारले देशभर ५१ वटा चार्जिङ स्टेशन निर्माण गर्दा मकवानपुरको लागि हेटौंडा–१५ को रातोमाटे लच्का छेउको ठाउँलाई उपयुक्त ठानेकाले कार्यपालिका बैठकबाटै जमिन दिने निर्णय भएको अध्यक्ष मोक्तानले बताए । चार्जिङ स्टेशनमा अहिले एक पटकमा ३ वटा सवारी चार्ज गर्ने क्षमता रहने बताइएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने स्टेशनको चार्जिङ क्षमता वृद्धि गर्दै लैजाने तयारी रहेको अध्यक्ष मोक्तानले बताए ।

त्यस्तै कार्यपालिका बैठकले हेटौंडा–१२ पुर्नवा आयुर्वेदिक अस्पताललाई जग्गा दिने निर्णय गरेको छ । यस्तै बैठकले उपमहानगरको विकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर वृद्धिमा लागेका शिक्षकलाई भत्ता दिने, हेटौंडा उपमहानगरको प्रवक्ताको जिम्मेवारी हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपानेलाई दिने लगाएतको निर्णय गरेको जनाईएको छ ।

पालिका प्रेस
थप जानकारी