मकवानपुर थाहा नगरपालिकाले नगर क्षेत्रमा संचालित सञ्चार माध्यमलाई ‘स्थानिय लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को निित तथा कार्यक्रममा यस विषयलाई समेटेको हो ।
थाहा नगरपालिकाले नीजि क्षेत्र साँझेदारी कार्यक्रम अन्तर्गत सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको हो । थाहा नगरलाई सूचना प्रविधि पार्कको रुपमा विकास गर्न त्रिभुवन राजपथमा विच्छाइएको अपटिकल फाइभर छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्ने, नेपाल टेलिकम र एनसेलको सेवाको गुणस्तर वृद्धि गर्न पहल गर्ने, स्थानिय पत्रकारको क्षमता वृद्धिको निम्ति आवश्यक प्रबन्ध गर्ने थाहाको नीति छ ।
नगरमा उद्योग ग्राम स्थापना गरी संभावीत उद्योगहरु स्थापना गर्न आवश्यक पहल गर्ने, नगरमा आवश्यक पूर्वाधारहरु विकास गर्न व्यवसायीक संभावनाहरुको पहिचान गरी साझेदारीमा विकास गर्ने, नगरको आयश्रोत विकासको निम्ति प्राकृतिक श्रोतमा आधारित व्यवसायमा नीजि क्षेत्रसंग साझेदारी गर्ने पनि आफ्नो नीति तथा कार्यक्रममा पालिकाले समेटेको छ ।
नगरमा पर्यटन, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य क्षेत्रमा व्यापक व्यवसायीक सम्भावनाहरु पहिचान गर्ने तथा उक्त सम्भावनाहरुलाई कार्यन्वयन गर्न स्वदेशी, विदेशी लगानीकर्ता आकर्षित गर्न नीजि क्षेत्रसंग सहकार्य गर्ने, थाहा नगरमा सहकारीहरुको साझेदारीमा आधुनिक थाहा मल निर्माण गरेर सहरी सुविधाहरु एकिकृत रुपमा प्राप्त हुने व्यवस्था नगरको निित छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्