हिन्दु धर्म शास्त्रअनुसार ६४ ज्योतिर्लिङ्गमध्ये एक मानिने मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ स्थित पाण्डुकेश्वर मन्दिर अहिले झिलिक्क देखिएको छ । मन्दिरको छाना तामाले टिलिक्क छ ।

२०७२ साल १२ बैशाखको विनासकारी भूकम्पले क्षतिग्रस्त भएपछि मन्दिर पुनर्निर्माण गरिएको हो । पुरातत्व विभागको १ करोड १७ लाख ९२ हजार रुपियाँको लागतमा मन्दिर पुनर्निर्माण भएको हो भने विभागकै ३२ लाख सहयोगमा तामाको छाना राखिएको हो ।

मन्दिरको प्राङ्गणमा १५ लाख बराबरको ढुङ्गा बिछ्याएर प्रदेश सरकारले चिटिक्क पारिदिएको छ भने स्थानीय विकास साझेदारी कार्यक्रम (साँसद विकास कोष)को १० लाखबाट रंग–रोगनसहित घेराबार गरिएको छ । त्यसैगरी थाहा नगरपालिकाले करिब ३ लाख लगानी गरी आकर्षकद्वार निर्माण गरिदिएको छ ।

पाण्डुकेश्वर मन्दिर पाण्डुक ऋषिले स्थापना गरेको विश्वास गरिन्छ । पाण्डुक ऋषिले शिवको आराधना तपस्या गर्दा सिद्ध प्राप्त गरेको र शिब ज्योतिस्वरुपमा प्रकट भएको विश्वास छ ।

हेर्नुहोस फोटो फिचरः

 

गणेश विष्ट
थप जानकारी