मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माविले थाहानगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यले ‘जनकल्याण प्रथम शैक्षिक मेला २०७९’ आयोजना गर्ने भएको छ । जनकल्याणले ३० र ३१ असारमा उक्त मेला आयोजना गर्न लागेको हो ।

थानाबजार स्थित गंगा होटलमा आयोजित शैक्षिक मेला पुर्व तयारी तथा प्रचारप्रसार सहयोगका लागि आयोजित कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीले शैक्षिक मेलाको विषयमा जानकारी गराएका हुन् । थाहा नगरको सामुदायिक तथा निजि विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि र पत्रकारबीच भएको छलफलमा आयोजक विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले अन्तर विद्यालय स्तरमा शैक्षिक प्रदर्शन गरेर नगरका विद्यार्थीहरु माझ शैक्षिक ज्ञान आदानप्रदान गर्न सहज हुने बताए । उनले मेलाले नगर भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गर्ने तथा विद्यार्थीको क्षमता विकास र समग्र थाहानगरको शैक्षिक विकासमा कोशेढुङ्गा सावित हुने उल्लेख गरे ।

नगरभित्र रहेका सामुदायिक तथा निजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई शैक्षिक मेलामा सहभागी हुन आग्रह गरे । उनले एसइई दियर बसेका विद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गर्दा विषय छनौट तथा द्विविधाको अन्त गर्दै विद्यार्थी तथा अभिभावकले आफनो क्षमता अनुसारको बिषय छनौट गरी नगर भित्रै रहेको विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्नुपर्ने बताए ।

भेलामा सहभागी विद्यालयका प्रतिनिधिहरुले नगरभित्र विभिन्न प्राविधिक बिषय पढाउने विद्यालय भएतापनी उचित प्रचारप्रसार नहुदा नगरमै अध्यापन हुने बिषय पढ्न पनि नगर बाहिर जाने प्रथा रहेको बताए । शैक्षिक मेलाले नगरका विद्यार्थी नगरमै रहेर पढ्ने वातावरण मिल्ने धाराणा राखे ।

जनकल्याणको प्रागनमा हुने शैक्षिक मेलामा एसइई दिएर बसेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श, कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विशेष छुटको व्यबस्था, विज्ञान, बालीबिज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कृषि तहको डिप्लोमाको छुट्टाछुट्टै संकायको शैक्षिक परामर्श तथा विज्ञान प्रदर्शन र प्रतियोगिता हुने साथै नगरभित्र रहेका विद्यालयहरुको स्टल समेत रहने आयोजक जनकल्याण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले बताए ।

पालिका प्रेस
थप जानकारी