मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको दिवा खाजा वापतको रकम बढि भुक्तानी गरेको छ । पालिकाले निकालेको इएमआइएस प्रतिवेदन तथा विद्यालयले पेश गरेको विद्यार्थीको प्रमाणित हाजिरी विवरण भन्दा बढि रकम भुक्तानी दिएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा ६० हजार ७५ रुपियाँ दिवाखाजा वापत बढि भुक्तानी गरेको उल्लेख गरिएको छ । गाउँपालिका अन्तर्गतका विभिन्न ७ विद्यालयहरुलाई दिइएको बढि रकम असुल गर्र्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

लेखापरीक्षण वर्षमा ५ कक्षासम्मका बालबालिकाहरुलाई दिवाखाजा वापत प्रति विद्यार्थी १५ रुपियाँको दरले पालिकाले निकासा गर्ने गरेको थियो ।

पालिका प्रेस
थप जानकारी