अनुरोधपत्र बुझाए पश्चात् अर्थमन्त्री शर्माको साथमा थाहानगर प्रमुख विष्णु विष्ट ।

मकवानपुरको थाहानगरलाई काठमाण्डौंसंग जोड्ने चित्लाङ थानकोट सडक (गणेशमान सिंहमार्ग ) लाई प्रयाप्त बजेट विनियोजन गरि निर्माण सम्पन्न गराउन अर्थ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सकारात्मक भएको छ । गणेशमान सिशमार्गलाई सम्पन्न गर्नको निम्ति मकवानपुरको थाहा नगरपालिका र काठमाण्डौंको चन्द्रागीरी नगरपालिकाले यि दुई मन्त्रालयलाई सडक निर्माण समयमै सम्पन्न गर्न अनुरोध गरेपछि मन्त्रालयले बजेट व्यवस्था गर्ने प्रतिक्रिया दिएका हुन् ।

थाहानगर प्रमुख विष्णु विष्ट र चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरीले आ आफ्नो पालिकाको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई १७ साउनमा अनुरोत्र पत्र बुझाएका हुन् । सो अवसरमा दुई मन्त्रालयका उच्च अधिकारीहरुसंग समेत छलफल भएको थाहानगर प्रमुख विष्गटले बताए ।

गणेशमान मार्ग निर्माण थालनी भएको ५० वर्ष बितिसक्दा पनि पुर्णता नपाउदा स्थानीयले यथोचित लाभ प्राप्त गर्न नसकेको, मकवानपुरको भिमफेदीबाट मानिसले मोटर बोकेर काठमाडौ ल्याउने ऐतिहासिक बाटोमा अझै मानिस बोकेर निर्धक्क गाडी हिँड्न नसक्नु बिडम्बना भएको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए । गिरीले २०७२ सालमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी छुट्टै परियोजना कार्यालय स्थापना गरेर मार्गको मापदण्ड अनुसार निर्माण थालनी गरिएपनि डिपिआर अनुसार १५ महिनामा सक्नुपर्ने काम ७ वर्षसम्म नसकिनू दुखद भएको बताए । उनले डिपिआरको पुनरावलोकन गरी लागत स्टमेट तयार गरेर बजेट प्रबन्ध गर्न अनुरोध गरे ।

त्यसैगरी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सरकारले ५० औ बर्ष देखि गरेको लगानिको प्रतिफल आउने अबस्था निर्माण भएको हुँदा यस्लाइ तत्काल निर्माण सम्पन्न गरेर संघिय राजधानी देखि प्रदेश राजधानी हेटौंडा सम्मको यात्रा दुरी छोट्याइ राजधानी काठमाडौ लाई दैनिक रुपमा आबश्यक पर्ने करिब ४० प्रतिशत ताजा तरकारी आपूर्ति गर्ने क्षेत्र थाहा नगर,इन्द्रसरोवर,भिमफेदी,कैलाश बाट दुरि घट्न गै उत्पादन र उपभोक्ता दुबै लाभान्वित हुने तथा इन्धन बचत बाट राष्ट्रनै लाभान्वित हुने हुदा उक्त सडकको चाडै निर्माण सम्पन्न गर्न दुबै मन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

मन्त्रीहरुसंगको भेटमा चित्लाङ थानकोट सडकलाई बजेट विनियोजन गर्न अर्थमन्त्री शर्मा सकारात्मक रहेको भेटघाटमा सहभागी नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेश सदस्य इन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार थानकोट चित्लाङ गणेशमान मार्गको डिपिआर पुनारोवलोकन गर्न तथा डिपिआर अनुसार बजेट स्टमेट गर्न दुबै मन्त्रालयका मन्त्रीहरु तथा उच्च अधिकारीहरु सकारात्मक छन् ।

भेटघाटमा अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, काठमाडौ १० का सांसद राजन केसी, सांसद कृष्ण गोपाल श्रेष्ठ, माओवादी नेता रामनारायण विडारी, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, नेपाली काङ्ग्रेसका नेता जयराम लामिछाने, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्र बहादुर श्रेष्ठ, माओवादी नेता विष्णुहरि ढकाल जंगली, थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामी र थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी