मकवानपुर थाहा नगरपालिकाले अक्सिजन प्लान्ट खरिद गरेको छ । नगरपालिकाले १ करोड १० लाख ११ हजार ९९ सय रुपियाँमा अक्सिजन शुभारम्भ सर्भिस ट्र्डर्स प्रा.लि.बाट प्लान्ट खरिद गरेको हो । पालिकाले कृत्रिम अक्सिजन आवश्यक हुने नगरबासीलाई सहज रुपमा उपलब्ध गराउन प्लान्ट खरिद गरेको जनाइएको छ ।

शुभारम्भसंग २१ असारमा भएको सम्झौता बमोजिम खरिद गरेको अक्सिजन प्लान्ट पालिकामा आइसकेको छ । थाहा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बोलपत्र आव्हान प्रक्रियाबाट प्लान्ट खरिद गरेको हो ।

यसैबीच नगरले खरिद गरेको अक्सिजन प्लान्ट चेकजाँच गरी पालिकाले बुझेको छ । प्लान्ट प्राविधिक स्पेसिफिकेसन अनुसार नै भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमतीका बायोमेट्रीक इन्जिनियर राजेश्वर कमलीले बताए । प्लान्टको इन्जिनियर कमलीले प्राविधिक चेकजाँच गरेका हुन् । प्लान्ट निरीक्षण थाहा नगरका प्रमुख विष्णु विष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले, नगरका इन्जिनियर सन्तोष बोहरा, स्वास्थ्य शाखा, जिन्सी शाखाका प्रमुख सहितको रोहवरमा गरिएको थियो । चेकजाँच पश्चात् बायोमेट्रिक इन्जिनियर राजेश्वर कमलीले भने–‘अक्सिजन प्लान्ट सम्झौतामा भने अनुसार अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय नै प्राप्त भएको छ, ढुक्क हुनुस् ।’

अक्सिजन प्लान्ट खरीदका लागि २०७८ वैशाख १२ गते सूचना गरी बोलपत्र आव्हान गरेकोमा ८ वटा बोलपत्रदाताहरुबीच प्रतिस्पर्धा भएको थियो ।

पालिका प्रेस
थप जानकारी