मकवानपुरको मनहरी गाउँपालिकाका बिरामीलाई उपचारका लागि निःशुल्क रगत उपलब्ध गराइने भएको छ । मनहरी गाउँपालिकाले आफ्नो पालिकाका बिरामीको सहजताको लागि नेपाल रेडक्रस सोसाइटीसंग यस्तो सम्झौता गरेको हो । मनहरी गाउँपालिका क्षेत्रका बिरामीले अब निःशुल्क रगत प्राप्त गर्ने भएका छन् । आवश्यक रगतको पैसा तिर्न बाध्य बिरामीको सहजताको लागि रेडक्रससंग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

रेडक्रस सोसाइटीले अब मनहरी गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेछ । खपत भएको रगतको रकम गाउँपालिकाले रेडक्रसलाई प्रदान गर्नेछ । आइतबार एक कार्यक्रमकाबीच मनहरी गाउँपालि र रेडक्रसको बीच सम्झौता भएको हो । मान्यता प्राप्त अस्पतालमा उपचार गराउने मनहरीका बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यक रगत रेडक्रसको ब्लड बैंकाले उपलब्ध गराउने छ । मानिस बिरामी हुँदा अत्यावश्यक हुने रगत किन्नुपर्ने अवस्थाको अन्त्यका लागि रेडक्रससंग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताए ।

८५० रुपैयाँमा प्रतियुनिट रगत किन्नुपर्ने अवस्था रहेको थियो । सम्झौतामा मनहरी गाउँपालिकाको तर्फबाट अध्यक्ष कालाखेतीले र रेडक्रसको तर्फबाट मन्त्री खेमराज सापकोटाले हस्ताक्षर गरेका छन् । यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि रेडक्रससंग उपमहानगर क्षेत्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको थियो ।

पालिका प्रेस
थप जानकारी