बाँया (माधव कार्की), दायाँ (सानुभाई सिन्तान)

मकवानपुर थाहानगरको साँस्कृतिक क्षेत्र पालुङ शहरको नेवारी संस्कृति र परम्परा प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले दुईवटा लाखेको मुकुट सहयोग भएको छ ।

पालुङ सामुदायिक भवनमा भएको एक कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर २ मा रहेको डाँडाघरे होमस्टेका संचालक माधव कार्की र सानोभाई सिन्तानले १/१ वटा लाखेको मुटुट सहयोग गरेको स्थानीय प्रमोद श्रेष्ठले जानकारी दिए ।

मुल गुरु अस्टमान श्रेष्ठले सहयोगीहरुलाई खादा ओडाइ सम्मान सम्मान गरिएको थियो । थाहा–२ को पालुङ साँस्कृतिक शहरको सम्पदा र संस्कृति संरक्षणमा योगदान पु¥याएकोमा कार्यक्रममा सहयोगीहरुको प्रशंसा गरिएको थियो । मुकुट हस्तान्तरण कार्यक्रममा पालुङ सास्कृति सम्पदा संरक्षण समिती, इन्द्रायणी भगवती कालाभैरब गूठी समिति, खि गुरु भिन्द्यो नापित, ध्रुब श्रेष्ठ, दिपेन्द्र राज प्रधान, बासुरी गुरु निरन्जन श्रेष्ठ, धिमे खल(समूह)हरु लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रका सहभागीहरुले सहयोगप्रति आभारसहित धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले नेवारी सस्कृतीप्रति चासो दिई मनपराइदिएको भन्दै खुशी व्यक्त गरे ।

लाखेको मुकुट गाई जात्रा, हिलेजात्रा, इन्द्रजात्रा , कृष्ण अष्टमी मेलामा प्रदर्शन गरिने लाखेनाचका लागि प्रयोग गरिन्छ भने कुनै विशेष पर्व तथा अवसरमा समेत लाखे नाच प्रदर्शन गर्ने चलन छ ।

पालिका प्रेस
थप जानकारी