मनहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको महसुल घटाएको छ । उपभोक्ताहरुबाट खानेपानी महसुल महंगो भएको भन्नेबारे बेलाबेलामा गुनासो समेत आउने गरेको थियो ।

सोही गुनासोलाई मध्यनजर गर्दै समितिले खानेपानीको महसुल घटाउने निर्णय गरेको हो । मिटर जडान गर्ने घरधुरीको संख्या बढेसंगै आम्दानी पनि बढ्ने भएकोले महसुल पनि घटाएको उहाँले बताउनुभयो । मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति नाफामुखी संस्था नभई उपभोक्तालाई सहुलियतरुपमा सेवा प्रदान गर्न तत्पर रहेको भन्दै संस्थाले खानेपानीको महसुल घटाएको उहाँले बताउनुभयो ।

यस अघि दश युनिटको न्युनतम एक सय ८० रुपैँया लिदै आएकोमा घटाएर एक सय पाँच रुपँया प्रति दश युनिट लिने गरी निर्णय भएको उहाँले बताउनुभयो । सहुलियत सहितको शुल्क भदौ १ गतेबाट लागु हुने उहाँले बताउनुभयो । त्यस्तै समितिले खानेपानीको मर्मत सम्भारका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । ४ सय ७५ घर धुरीले खाने पानीको मिटर जडान गरेसंगै सम्पुर्ण उपभोक्ताहरुबाट पाँच सयका दरले रकम उठाउदा २ लाख ३७ हजार पाँच सय र संस्थाको तर्फबाट ६२ हजार पाँच सय थप गरी तीन लाख रुपैँयाको अक्षय कोष स्थापना गर्ने निर्णय भएको संस्थाका अध्यक्ष भुवन जोशीले बताउनुभयो ।

अक्षय कोषबाट आएको ब्याजले मर्मत सम्भारका लागि टेवा पुगोस भन्ने उद्येश्यका साथ स्थापना गर्न लागिएको उहाँले बताउनुभयो ।

पालिका प्रेस
थप जानकारी