कृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोट भएको २२ औं घैटो फुटाउने प्रतियोगितामा ऋषेश्वर ११ प्रथम भएको छ । ऋषेश्वर ११ ले प्रथम भएसंगै नगद २० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिता वि.सं. २०५४ सालदेखि शुरु भएकोमा गएको दुईवर्ष कोभिड–१९ को संक्रमण जोखिमका कारण स्थगित भएको थियो ।
शिखर क्लब तथा बजार व्यवस्थापन समितिको आयेजनामा भएको प्रतियोगितामा द्वितीय र तृतीय स्थान भने थाहानगर अटो समूहले हात पारेको छ । उक्त समुहहरुले क्रमशः १३ हजार र ७ हजार रुपियाँ पुरस्कार पाएको छ । कृष्ण जात्राको अवसरमा भएको घैटो फुटाइ प्रतियोगिताको माझ वृहत साँस्कृतिक कार्यक्रम, श्रीकृष्णको रथयात्रा, बजागाजाको साथमा लाखेनाच समेत भएको थियो ।

प्रतियोगिताको लागि प्रथम पुरस्कार थाहा ४ किटेनीका युवा व्यावसायी, समाजसेवी तथा साझा रोडा ढुङ्गा उद्योग का संचालक रामराजा केसिले प्रायोजन गरेका छन । त्यस्तै दोस्रो र तेस्रो पुरस्कार पनि प्रायोजन रहेको यादवजंग रायमाझीले जानकारी दिए ।

हेर्नुहोस् फोटोहरुः
फोटो सौजन्यः रोशन रायमाझी

पालिका प्रेस
थप जानकारी