मकवानपुरको थाहानगरपालिका वडा नम्बर ८ बाट धादिङ जोड्ने दामगाडे महादेववेशी सडकमा यातायात सुचारु भएको छ ।
पहिरोका कारण लामो समयदेखि अवरुद्ध रहेको उक्त सडक पहिरो पन्छाएर यातायात आवागमनमा सुचारु गरिएको वडा अध्यक्ष हेम लामाले जानकारी दिए ।

सडकमा यातायात सुचारु भएसंगै छोटो दुरीमा धादिङ तथा काठमाण्डौं आवत जावतमा सहज भएको वडा अध्यक्ष लामाले बताए । दामगाडे–महादेव वेशी सडक थाहानगरको गौरवको योजना मध्येको सडक हो । यस सडकका लागि आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारको समपुरक योजना अन्तर्गत सडक सतरीकरणसहित कालोपत्रेसम्मको काम गर्न बजेट विनियोजन भएको छ ।

थाहा नगरपालिकाका विभिन्न वडामा अवरुद्ध भएका भित्रि सडकहरु पनि खुलाउनका लागि वडा अध्यक्षहरुको योजनावद्ध रुपमा काम गरिरहेको थाहानगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी