मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर ५ का वडाअध्यक्ष दिपेन्द्र अधिकारीले उपभोक्ता समिती गठन गर्दा युवा सहभागिता अनिवार्य हुनु पर्ने बताएका छन् । ५ नम्बर वडाद्वारा प्रकाशित उपभोक्ता समिती गठन सम्बन्धि सुचनामा यस्तो उल्लेख गरीएको हो । वडाले बजेट विनियोजन गरेको योजनाको काम गर्दा कम्तीमा २ युवा अनिवार्य हुनुपर्ने बताईएको छ ।

१८ वर्षदेखि ४० वर्ष उमेरका २ युवा अनिवार्य हुनुपर्ने प्रकाशीत सुचनामा प्रष्ट लेखिएको छ । वडाअध्यक्ष अधिकारीले भने,–‘युवा सहभागिता भए कुनै पनि योजनाका काम जोशीलो ढंगले सम्पन्न हुन्छ, साथसाथै उनीहरुको निगरानी र खबरदारीले गुणस्तरीय काम गर्न पनि दवाव हुने भएकोले यो निर्णय गरेको हुँ ।’

चालु आर्थिक वर्ष २०७९/८० का लागि मनहरी गाउँपालिका वडा नंम्बर ५ का लागि १९ वटा योजना पारित गरेको छ । प्रदेशको बजेट विनियोजन भएको स्थानमा यस वर्ष वडाले बजेट नहालेको र आउँदा वर्षहरुमा समान हिसाबले वजेट विनियोजन गर्दै अघि बढ्ने वडाअध्यक्ष अधिकारीको भनाई छ ।

पालिका प्रेस
थप जानकारी