स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा)मा थाहा नगरपालिका मकवानपुरमै उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ को १९ भाद्रमा गुणस्तर परीक्षण पश्चात सार्वजनिक गरेको नतिजामा थाहानगर ७७ अंकसहित जिल्लामै उत्कृष्ट घोषित भएको हो ।

मन्त्रालयले १९ भाद्रमा सूचना प्रकाशित गरी गुणस्तर परीक्षण पश्चात्को अंकसहितको नतिजामा चित्त नबुझेमा ३ दिनभित्र आधार र प्रमाणसहित प्रतिक्रिया दिन भनेको छ । गुणस्तर परीक्षण पश्चात्को प्राप्त अंकको आधारमा मकवानपुरमा ६२ अंकसहित इन्द्रसरोवर गाउँपालिका द्वितीय भएको छ भने ५७.५ अंकसहित तेस्रो भएको छ ।

त्यस्तै मकवानपुरगढीले ५६.२५ अंक प्राप्त गरेको छ भने बकैयाले ५६, मनहरी ५३.५, राक्सिराङ ५२, भीमफेदी ४७.५, कैलाश ३९.७५ र बागमती गाउँपालिकाले गुणस्तर परीक्षण पश्चात् ३७ अंक पाएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन कार्यविधि, २०७७ बमोजिम पालिकाहरुको वर्षेनी मुलयाङ्कन हुने गर्दछ ।

पालिका प्रेस
थप जानकारी