बुटवल उपमहानगरपालिकाले सडक पेटीमा अव्यवस्थित रूपमा राखिएका सामाग्री हटाउन तीन दिनको अल्टिमेटमसाथ सूचना जारी गरेको छ । नगर सफा, सुन्दर र व्यवस्थित राख्न भन्दै नगरले त्यस्ता संरचना हटाउन आग्रह गरेको हो ।बुटवलको गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरू समेतमा सडकको क्षेत्राधिकार, सडकपेटी, चोक, चौराहामा अव्यवस्थित रूपमा रहेका ठेला, टङ्की, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरू राखी अवरोध गर्ने गरेको देखिएकोले शुक्रबारको मितिले ३ दिनभित्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

उपमहानगरपालिका कार्यालयको मुखैमा रहेको साप्ताहिक हाटबजार, अमरपथ, ट्राफिकचोक, तिनकुने चोक, देविनगर, दिपनगर, अस्पताल लाइन, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराह, पुरानो बसपार्क लगायतका क्षेत्रमा फुटपाथ र सडक समेत कब्जा गरी ठेला राख्ने र बजार सञ्चालन गर्ने गरिएको छ ।

यसअघि बुटवल उपमहानगरपालिकाले फुटपाथमा रहेका ठेला र भुइँमै पसल थापेका व्यवसायीसँग समेत ठेकेदारमार्फत दैनिक कर असुल गरेको भन्दै आलोचना हुने गरेको थियो ।

 

 

पालिका प्रेस
थप जानकारी