मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ को सोल्टुमा सोल्टु मोटरबाटो स्तरोन्नती तथा स्ल्याब ढलान सकिएको छ । नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० स्वीकृत को ३० लाख रुपियाँको काम सकिएको हो । उपभोक्ता समिति गठन भएको १ महिना नपुग्दै योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सुजन कार्कीले बताए ।

२३ भाद्रमा कार्कीको अध्यक्षतामा गठित उपभोक्ता समितिले १४ असोजमै प्राविधिक स्टमेट अनुसार काम सम्पन्न गरेको हो । गाउँको काममा जनश्रमदान गर्नेहरुको कमी भइरहेको अवस्थामा यहाँका युवा क्लवको सहयोग र स्थानीयहरुको श्रमदानले काम छिटो सकिएको स्थानीय व्यावसायी युवा हरेराम कार्कीले बताए । थाहानगरको कतिपय योजनाहरु संचालनका लागि उपभोक्ता समिति समेत गठन हुन नसकिरहेको अवस्थामा काम सम्पन्न गर्नु नगरकै पहिलो हुन सक्ने उपभोत्तःा समितिको दाबी छ ।

नगरमा संचालन हुने योजनाहरुमा उपभोक्तासहरुकै सक्रियता भएमा छिटो र गुणस्तरीय काम गर्न सकिने उपभोक्ता समितिको सदस्यहरु बताउँछन् । थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० बाट उत्कृष्ट विकास निर्माणको कार्य सम्पादन गर्ने वडालाई योजना पुरस्कारको समेत व्यवस्था गरेको छ ।

पालिका प्रेस
थप जानकारी