जाजरकोटको भेरी नगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा मेला लगाउनको लागि पाँच दिन विद्यालय बन्द गरिएको छ ।
विद्यालय १२ देखि १६ पुससम्म बिदा दिइएको छ । धेरै वर्षदेखि लाग्दै आएको मेला लगाउनको लागि विद्यालयको प्राङ्गण विद्यालय व्यवस्थापन समितिले दिने निर्णय गरेको जानकारी पाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।
जाजरकोटको पहिचानको रुपमा स्थापित पुस १५ को मेला स्थानीय उत्पादनसँग जोडिएको भएर विद्यार्थीले पाठ्यक्रम पढ्न नपाए पनि स्थानीय उत्पादनबारे सिक्ने अवसर पाउने पुनले जिकिर गरे ।
‘विद्यालयमा लगाउने नलगाउने भन्ने विषय बहस कै विषय हो । पाठ्यक्रम छुट्यो त्यो पनि ठिक हो तर सिकाईसँगै सम्बन्धित छ मेला’ उनी थप्छन् ‘मेलाले स्थानीय उत्पादनको प्रर्वर्द्धन, सांस्कृतिक गतिविधि हुने भएकोले यो सिकाईसँग जोडिएको विषय हो । यसबाट बालबालिकाले धेरै कुरा सिक्छन् भन्ने हो ।’
विद्यालयको प्राङ्गण मेला लगाउन दिएबापत विद्यालयले ५० हजार लिएको जानकारी पाएको पुनले बताए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्