मकवानपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले उमेद्वार बनाएका सबै उमेद्वार निर्वाचन क्षेत्र बाहिरका रहेका छन् । अर्थात, पाहुना उम्द्वारका रुपमा रहेका छन् भने नेकपा एमालेका सबै उम्द्वार निर्वाचन क्षेत्र भित्रकै रहेका छन् ।

मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ मा विरोध खतिवडालाई उमेद्वार बनाइएको छ । खतिवडा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ अर्थात् मकवानपुर–१ (ख) का हुन् । उनी मकवानपुर प्रतिनीधिसभा–२ मा उमेद्वार छन् । त्यस्तै सत्ता गठबन्धनको मकवानपुर २ (क) मा कुमारी मोक्तानलाई उमेद्वार बनाइएको छ । मोक्तान पनि मकवानपुर–१ (ख) अर्थात हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ की हुन् । मकवानपुर–२ (ख) मा उमेद्वार बनाइएको इन्द्र बहादुर बानियाँ पनि हेटौंडाकै हुन् । उनी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ अर्थात मकवानपुर–१ (क) का स्थायी बासिन्दा हुन् ।

तर नेकपा एमालेले मकवानपुर–२ मा उमेद्वार बनाइएका सबै जना स्थानीय भूगोलका रहेका छन् । प्रतिनीधिसभा–२ का उमेद्वार सोही निर्वाचन क्षेत्र अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ४ नामटारका हुन् । त्यस्तै मकवानपुर–२ (क) का उमेद्वार विष्णु प्रसाद ढकाल सोही निर्वाचन क्षेत्रको थाहा नगरपालिका वडा नम्बर २ का हुन् भने मकवानपुर–२ (ख) का लाल बहादुर थापा सोही निर्वाचन क्षेत्र अन्तर्गत राक्सिराङ गाउँपालिकाका हुन् ।

‘स्थानीयलाई भोट हाल्नू, पाहुनालाई सत्कार मात्र गर्नू’–उमेद्वार बर्तौला

नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रतिनिधीसभा क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले मकवानपुर क्षेत्र नम्बर–२ मा गठवन्धनका उम्मेदवारले आफुलाई भोट हाल्नका लागि नपाउने स्थिती रहेको बताएका छन् । क्षेत्र नम्बर–२ का गठवन्धनका उम्मेदवार बिरोध खतिवडा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का स्थायी वासिन्दा र कुमारी मोक्तान पनि हेटौंडाकै वासिन्दा र इन्द्र बहादुर बानियाँ पनि हेटौंडाका स्थायी वासिन्दा भएकाले उनीहरुले आफुलाई भोट हाल्नका लागि यस क्षेत्रमा नपाउने र अरुको भोटबाट मात्र चुनावमा आस गरिरहेको बताए ।

मकवानपुरको थाहानगरको चुनावी प्रचारप्रसारको काममा २९ असोजमा आयोजित विभिन्न कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । स्थानीय वासिन्दाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै बर्तौलाले भोट स्थानीय उम्मेदवारलाई हाल्न र पाहुना उम्मेदवारलाई सत्कार मात्र गर्न उनले आग्रह गरे । जसको आफ्ना क्षेत्रबाट भोट हाल्न नपाउने अनि अरुको मात्र भोटको आशले चुनाव लडेको उनको भनाइ छ । आफ्नै स्थानीय उम्मेदवार जो हरेक दुःख, सुखमा साथ दिन्छ उनैलाई मतदान गर्न बर्तौलाको आग्रह छ ।

गठवन्धनका उम्मेदवारहरु सत्ता, शक्तिको दुरुपयोग गर्दै चुनावमा लागिपरेको उनले आरोप लगाए । यो चुनाबमा हरेकले मत दिएमा आफु पाँच वर्ष सेवक बनेर काम गर्ने बर्तौलाले प्रतिवद्धता व्यक्त गरे ।

मतदातासंग कुराकानी गर्दै उमेद्वार बर्तौला ।

पालिका प्रेस
थप जानकारी