पालुङ जेसिले आयोजना गरेको जेसिज सप्ताह अन्तर्गत ‘भरत रत्न छात्रवृत्ति’ वितरण कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा रहेको कालिका प्राविका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विधार्थीहरुलाई रत्न गोपालीले छात्रवृत्ति प्रदान गरिन् । गोपाली कार्यक्रमको सौजन्यकर्ता हुन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा पालुङ जेसिज वर्ष २०२२ का निवर्तमान अध्यक्ष नवराज लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर गोले, विद्यालयका प्रधानाध्यापक कल्पना केसी, वडा सदस्य अनिता वल, नेपाली कांग्रेस थाहा नगरपालिका १ नम्बर वडा सभापति रुपचन्द्र गोपालीलगायतको उपस्थिति रहेको थियो । दिपेन्द्र केसी संयोजकत्वमा भएको छात्रवृत्ति कार्यक्रममा वक्ताहरुले बालबालिकाको लागि यस किसिमको कार्यक्रमले शिक्षामा प्रोत्साहन मिल्ने बताएका थिए ।

यसैबीच जेसिज सप्ताहकै अवसरमा भएको ‘स्लो बाइक रेस’ प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर ४ का जयराम रायमाझी प्रथम भएका छन् । थाहा नगरपालिका वडा नम्बर १ ओखरवजारमा भएको प्रतियोगितामा रायमाझीले निर्धारित दुरी १ मिनेट १२ सेकेन्डमा पुरा गरी १६ प्रतियोगिलाई पछी पार्दै उपाधि हात पारेका हुन् । रायमाझीलाई टाइम्स अटो हब होन्डाद्वारा पुरस्कार प्रदान गरेको छ ।

पालुङ जेसीज २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षता तथा जेसीज २०१४ का अध्यक्ष प्रदिप प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक प्रकाशचन्द ठकुरीले कार्यक्रम सफल बन्नाउँन सहयोग गर्नेलाई धन्यवाद दिए । कार्यक्रम वर्ष २०२२ का महासचिव निरज रायमाझीले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी