दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहानगर सेवा केन्द्रको चौथो साधारणसभा भएको छ । शिखरकोटको शंकर होटमा भएको कार्यक्रममा थाहानगर प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा पालुङ सेवा केन्द्रको इकाई संयोजक भरत गोपालीले सहकारीको थाहा सेवा केन्द्रको नाफा ४६ लाख ३६ हजार रुपैयाँ खुद नाफा सहितको आयव्यय प्रस्तुत गरे । गोपालीले प्रतिवेदन प्रस्तुत गर्दै ७ सय २७ सदस्य रहेको सेवा केन्द्रको शेयर रकम ३७ लाख ७४ हजार, बचत ८० लाख ४५ हजार र कर्जा लगानी ५ करोड ६२ लाख रहेको जानकारी गराए । उनले सहकारीलाई अहिलेको अवस्थासम्म पुग्नका लागि सहयोग गर्ने तथा शुभेच्छा राख्नेहरुलाई धन्यवाद दिए ।

साधारणसभामा अतिथिहरुले संस्थाको बित्तीय प्रगतिको मुल्यांकन उच्च रहेकोले आगामी दिनमा संस्थाको प्रगतिको कामना गर्दै साधारणसभाको सफलताको शुभकामना दिएका थिए । साधारणसभाको उपलक्ष्यमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट बाल बचत तर्फ कृशल तामाङ, उत्कृष्ट शेयर सदस्य भिम बहादुर भोम्जन तथा मासिक बचत तर्फ उत्कृष्ट हुने सीतादेवी गमाललाई सम्मानित गर्दै प्रमुख अतिथि नगर प्रमुख विष्टले सम्मानपत्र दिएका थिए ।

साधारणसभामा संचालक समितिका प्रतिनिधित्व गर्दै मुख्य कार्यालय हेटौंडाबाट ईश्वर पंडित, थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेश ढकाल, कृषि बिकास बैंकका सरद विडारी, महालक्ष्मी विकास बैंकका नितेस पाण्डे, शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधुसूदन विष्ट, पालुङ क्याम्पसका प्रमुख राजन मिश्र, लालीगुरास बहुउद्देश्यीयका नानिछोरी प्रधान, थाहानगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल, महासचिव सुरेन्द्रमान प्रधान, दामन चेली समाजका अध्यक्ष जयन्ती रायमाझी, फरक सोचका अध्यक्ष यादव रायमाझीलगायतका वित्तीय संस्था तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

संस्थाको थाहा नगर सेवा केन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका सदस्य प्रमोदकृष्ण जोशीले संचालन गरेका थिए । अतिथीहरुलाई संस्थाका व्यवस्थापक राममाया खत्रीले स्वागत गरिन् ।

पालिका प्रेस
थप जानकारी