प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो । १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा दाङक १० पालिका मध्ये राप्ती गाउँपालिका सबै भन्दा अब्बल रहेको छ । राप्तीले ६४.१७७५ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बाल चन्द्र गुरुङले जानकारी दिए ।
त्यस्तै बंगलाचुली गाउँपालिकाले ५९.१६, तुलसीपुर उपमहानगरपालिकाले ५८.५४, दंगीशरण गाउँपालिकाले ५५.६२, शान्तिनगर गाउँपालिकाले ५३.७९, घोराही उपमहानगरपालिकाले ४९.२८ अंक प्राप्त गरेको छ । त्यस्तै लमही नगरपालिकाले ४९.१४, बबई गाउँपालिकाले ४५.८८, राजपुर गाउँपालिकाले ४५.०१ र गढवा गाउँपालिकाले ४०.४९ अंक प्राप्त गरेको छ ।
यही मूल्याङ्कनका आधारमा आयोगले आव २०८०/८१ का लागि यसङ्घबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ । आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।
सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अंक प्रदान गरेको हो । स्थानीय तहले गरेका विकास निर्माणका कामका साथै प्रशासन सञ्चालन तथा सुशासनजस्ता विभिन्न विषयको प्रभावकारिताका आधारमा उनीहरुलाई अंक दिने गरिन्छ । यस अघिको मुल्याङ्कनमा पनि पालिका जिल्लामा १ नम्बर रहको र यो दोस्रो पटक पनि १ नम्बरमाहुन सफल रहेको गुरुङले बताए ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्