सरकारले १० जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० पुसमा मन्त्रीस्तरीय निर्णयबाट ८ जना प्रशासन, एक जना स्वास्थ्य र एक जनरल इन्जिनियरिङ गरी १० जना सहसचिवको सरुवा गरेको जानकारी आएको छ ।
प्रशासनलाई प्राप्त विवरणअनुसार कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यको सोही प्रदेशको आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिलाका सचिव चक्र बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको छ । राजश्व प्रशासन तालिम केन्द्रका दिर्घराज मैनालीको प्रदेश नं। १ स्थित सामाजिक विकास मन्त्रालय, नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी भट्टराईको गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।
यसैगरी केही दिनअघि मात्रै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका राजेश्वर ज्ञवालीको गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका प्रवक्ता नारायण प्रसाद रिसालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको समावेशी आयोग, केही दिनअघि मात्रै खारेजीमा परेसंगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव भरत अर्यालको झोलुंगे पुल डिभिजन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।
पछिल्लो समय मन्त्रालयले कर्मचारीको सरुवामा तीव्रता दिएको छ । आवश्यकताका आधारमा तल्लो तहका कर्मचारीको व्यवस्थापन मात्रै होइन, उपसचिव र सहसचिवहरू नै छोटो छोटो अवधिमा पनि सरुवा भएका छन् । आइतबार पहिलो र दोस्रो चरण गरी भएको ५७ जना उपसचिवको सरुवामा व्यापक असन्तुष्टि आएको छ ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्