वीरगञ्ज महानगरपालिकाले विभिन्न ४८ पदका लागि कर्मचारी माग गर्दा १ हजार ६८२ जनाले आवेदन बुझाएका छन् । सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ ।

कम्प्युटर अपरेटर ३३ जना माग गरेकामा आवेदन बुझाउने अन्तिम दिन बिहीबारसम्म १ हजार ४८० जनाको आवेदन परेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । २ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जना, १र१ जना माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमशः २८ र ३१ जना, अमिन सहायक चौथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ ।

महानगरले गत २५ माघमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो । परीक्षा मिति केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

पालिका प्रेस
थप जानकारी