बागमती प्रदेश सभाले फागुन १० गते संसदमा पेश भएको कर्मचारी सम्बन्धी दुईवटा अध्यादेशको प्रतिस्थापन विधेयकमाथि दफावार छलफल गर्न र प्रतिवेदन पेश गर्न १५ सदस्यीय विधेयक व्यवस्थापन विशेष समिति गठन गरेको छ ।
शनिबार साँझ बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सभामुख भुवन प्रसाद पाठकले दलीय सहमतिको आधारमा विधेयक व्यवस्थापन विशेष समिति गठन गरिएको सदनलाई जानकारी गराएका थिए । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फागुन १८ गतेभित्र पारित गर्नुपर्ने कानूनी बाध्यता भएकोले विधेयकहरुमाथि दफाबार छलफल गरी सभासमक्ष प्रतिवेदन पेश गर्न १५ जना प्रदेश सभा सदस्य रहेको विधेयक व्यवस्थापन समिति गठन गरिएको सभामुख पाठकले बताए ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्