बागमती प्रदेश युवा परिषद् हेटौंडाले एकै पटक ११९ जना कर्मचारी माग गरेकाे छ । परिषद्को चालु आर्थिक वर्ष २०७९।०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन निर्देशक समितिको निर्णयानुसार प्रदेश युवा स्वयंसेवक (कर्मामचारी) गरिएको हो ।

कम्तीमा दुइ वर्ष काम गर्नेगरी प्रदेशभरीका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा एक जनाका दरले राख्नेगरी युवा स्वयंसेवक माग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले वताउनुभयो । अन्नपुर्ण पोष्ट दैनिकमा सूचना प्रकासीत गर्दै युवा स्वयंसेवक माग गरिएको हो ।

प्रदेशका सबै स्थानीय तहमा प्राबिधीक क्षेत्रका युवा स्वयंसेवक नियुक्त गर्नेगरी सूचना प्रकासन गरिएको चौलागाईंले वताउनुभयो । स्वयंसेवा गर्न इच्छुकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस परिषद्को वेवसाइटमा रहेको अनलाईन फर्म भरी सूचिकृत गर्नुहुन अनुरोध गरेको छ ।

 

पालिका प्रेस
थप जानकारी