मकवानपुर थाहा नगरपालिका वडा नं. ६ स्थित इअन एकेडेमीमा अध्ययरत दिना गोपाली बागमती प्रदेश स्तरीय १०० मी. र २०० मी. छात्रा दौड प्रतियोगितामा स्वर्ण पदक हात पारेकी छिन् ।

२०७९ पौषमा श्री बजवाराही मा.वि.मा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट चरणमा उत्कृष्टता हासिल गर्दै ७ फागुन २०७९ मा मकवानपुर जिल्ला स्तरीय छनौट चरणमा समेत गोपालीले उत्कृष्टता कायम गदै बागमती प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट चरण पार गरेकी थिइन् । जिल्लाबाट छनौट हुदै बागमती प्रदेश स्तरीय प्रतियोगिताबाट २ स्वर्ण हात पारेकी गोपाली दौड प्रतियोगितासंगै पढाएमा समेत अब्बल रहेको एकेडेमीका शिक्षक सुनिल महर्जनले बताए । राष्ट्रिय स्तरका प्रतियोगिताको तयारीका लागि हेटौडामा तालिमा सहभागी हुन केहि दिनमै जाने महर्जनले बताए ।

थाहा नगरको एकमात्र प्रतिनिधित्व खेलाडी दिना गोपालीको सफलताले थाहा नगरबासीहरु हर्षित रहेका छन् ।

पालिका प्रेस
थप जानकारी