देशभर कोरोना संक्रमण बढिरहेको अवस्थामा मकवानपुरमा पनि पछिल्लो दिनहरुमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १४४ जनाको कोरोना परिक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । त्यस्तै २८ पुसमा एक जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

२८ पुसमा जिल्लामा ८६ जनामा पिसिआर र ५८ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमशः ५३ जना र २० जनामा गरेर २९ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेहरुमा ५४ जना हेटौंडा उपमहानगरपालिका भित्रका १ जना थाहा नगरपालिका र २७ जना मनहरी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २११ जना पुगेको छ । जसमा ३ जना संस्थागत आइसोलेसनमा बसेको छन् भने २०८ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण मृत्यु हुने संख्या १ सय ६८ पुगेको छ ।

मकवानपुरमा एक हप्ता अधिसम्म कोरोना संक्रमण हुने संख्या न्युन रहेको थियो । पौष २० गतेसम्म २० जनामा गरिएको कोरोना परिक्षणमा ४ जना संक्रमित भेटिएका थिए । त्यस्तै पौष २१ गते ६ जना पोजेटिभ देखिएका थिए । २२ गते ३ जना, २३ गते १३ जना,२४ गते १७ जना,२५ गते २० जना, २६ गते पनि २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।त्यस्तै मंगलवार ५८ जनामा कोरोना देखिएको थियो । जसले मकवानपुरमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको देखाएको छ ।

पालिका प्रेस
थप जानकारी